२०८१ मङ्सिर २९ गते शनिवार

निर्माण ब्यबसायी महासंघको लुम्बिनीको अधिबेशन भदौमा हुने

दाङ, जेठ १३ । निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको अधिबेशन आगामी भदौमा हुने गर्ने निर्णय भएको छ ।

शुक्रबार दाङको भालुवाङमा आयोजित महासंघको बिशेष साधारण सभाले आगामी भदौ महिनामा प्रदेश अधिबेशन गर्ने निर्णय गरेको हो ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाको अध्यक्षता र महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीकोको प्रमुख आथित्यमा भएको बिशेष महाधिबेशनले आगामी भदौ दोस्रो साता महासघको अधिबेशन गर्ने निर्णय गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्माण ब्यबसायी महासंघका बाँके जिल्ला अध्यक्ष टेकबहादुर खड्काले घर जग्गा तथा सम्पत्ति सबै बैंकमा धितो राखेर निर्माणको काम गरिरहेको भएपनि बढ्दो महंगीका कारण असार पछाडि ब्यबसायीले घर सम्पत्ति सबै गुमाउनु पर्ने अवस्था आएको बताए ।

‘ पहिला कममा ठेक्का लिएका साथीहरुले अहिले बढेको महंगीले गर्दा असार साउन पछाडि सुसाइड गर्नुपर्ने जस्तो स्थिति आएको छ,’ खड्काले भने ‘ यसप्रति महासंघ र सरकारले बिशेष पहल गर्न जरुरी छ ।’

निर्माण ब्यबसायीहरुले पहिले नै ४०÷ ४५ प्रतिसत बिलोमा टेन्डर आह्वान गरि स्वीकार गरेपनि पछिल्लो समय रड, छड, बालुवा गिट्टी र इन्धनमा बढेको मूल्य बृद्धिका कारण ब्यबसायी बाँच्न सक्ने अवस्था नरहेको उनको कथन थियो ।

महासंघ गुल्मी जिल्लाका अध्यक्ष नारायणप्रशाद पोखरेलले राज्यले १०० रुपैंयामा यो लागत सम्पन्न हुन्छ भन्ने थाहाँ पाएर पनि ३० रुपैंयामा काम गर्न दिने प्रबृतिका कारण ब्यबसायी समस्यामा परेको बताए ।

‘ यो काम गर्न करोड पर्छ भनेर निर्णय गर्ने र त्यही काम घटेर ३० लाखमा गर भन्ने सकारी संयन्त्र निकम्मा हो,’ उनले भने ‘ यसबाट कसरी निर्माण ब्यबसायीको बाँच्न सक्छन् ?’
प्रधानमन्त्री केपी ओलीको पालमा निर्माण ब्यबसायीलाई क्रिडिट लाइन अनिवार्य गरिएको हुँदा ब्यबसायी थप मर्कामा परेको उनले बताए ।

त्यो क्रिडिट लाइनका निमित्त जग्गा, जमिन , घर लगाएत पैंशा धरौटी सम्पूर्ण सामान राख्नु परेपनि त्यसले निर्माण ब्यबसायीलाई कुनै सुबिधादा नदिने गरेको गुणासो गरे । एक करोडको टेन्डर भर्दा ६० देखि ७० लाखको बैंक ज्ञारेन्टी जम्मा गर्नुपर्दा निर्माण ब्यबसायी मर्कामा परेको उनले गुणासो गरे ।

रुपन्देही जिल्ला अध्यक्ष बिनय ज्ञवालीले सम्पूर्ण कुराको महंगी बढ्दापनि पुरानै दररेटमा काम गर्नुपर्दा निर्माण ब्यबसायी बाँच्न सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले ब्यबसायिक एकतामा जोड दिएका थिए । सरकारले अब आउने नयाँ आर्थिक बजेटमा मूल्य बृद्धिको कुरा सम्बोधन गर्ने भनेकाले त्यहीले सम्म पर्खन र त्यसो नभएर आन्दोलनका लागि तयारी अवस्था रहन उनले आग्रह गरे ।

त्यस्तै पूर्व उपाध्यक्ष रुद्र शर्मा, केन्द्रीय सदस्यहरु पुन्यप्रशाद पौडेल, यज्ञ केसी, बालाजी श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमको समापन महासंघका बरिष्ठ उपाध्यक्ष सुरेश चन्दले गरेका थिए ।

कार्यक्रममा महासंघका महासचिब प्रकाश शाहले संगागनिक प्रतिबेदन र कोषाध्यक्ष त्रिभुवनदत्त मिश्रले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित भएको थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट विकाश निर्माणको सवालमा महत्वपूर्ण भूमिका निर्माण गरेको भन्दै पत्रकार नारायण खड्का र निशान दाजु भट्टराईलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *