२०८१ मङ्सिर १८ गते मङ्गलवार

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले ४० जनालाई कृषिमा डिप्लोमा पढाउने

अर्घाखाँची,जेठ ९ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई शपथ ग्रहण गराए । त्यस पश्चात अध्यक्षबाट पालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गरे ।

पदभार सम्हाल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै उनले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, न्यूनतम विद्युत् उपभोग गर्ने घरधुरीमा निःशुल्क विद्युतको व्यवस्था मिलाउने, वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका प्रतिबद्धता पनि जनाए ।

गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथसहित पूर्व जनप्रतिनिधिको बिदाइ कार्यक्रम सँगै आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *