२०८२ बैशाख ११ गते बुधवार

लखन कपका लागि माघ २८ गतेसम्म दर्ता हुने

घोराही, २३ माघ । घोराहीमा फागुन पहिलो हप्तादेखि सञ्चालन हुने प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगीता २०७५ का लागि माघ २८ गतेसम्म फुटबल टिमको दर्ता गर्ने निर्णय भएको छ । प्रतियोगिता ब्यबस्थापन समितिको बधुवार घोराहीमा बसेको बैठकले धेरै फुटबल टिमलाई सहभागी गराउने उदेश्यले माघ २८ गतेसम्म दर्ता गराउने गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक मुक्त बुढा मगरको अध्यक्षतामा बसेको बैठकले माघ २८ गतेसम्म फुटबल समुह दर्ता गर्ने र २९ गते खेल तालिका प्रकाशन गर्ने निर्णय गरेको ब्यबस्थापन समितिका सदस्य सचिब नरेन्द्र पुनले जानकारी दिए ।

नेपाल मगर संघ दाङले आयोजना गर्न लागेको प्रतियोगितामा सहभागिता जनाउनका लागि १४ क्लबले फारम लिइसकेका छन् । प्रतियोगीतामा दर्ता भएका फुटबल क्बल, एकाडेमी, सस्था, बिद्यालयले स्थानीय मगर संघको सिफारिसमा ५ हजार शुल्कसहित दर्ताको ब्यबस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने फुटबल समुहले १ लाख ११ हजार १११, कप, मेडल र प्रमाण, दृतिय हुनेलाई ५५ हजार ५५५, कप, मेडल र प्रमाण प्राप्त गर्ने छ । त्यसैगरी तेस्रो र चौथो हुने फुटबल समुहले नगद १५÷१५ हजार, मेडल र प्रमाण प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *