तुलसीपुर, २३ माघ ।
दाङको तुलसीपुरमा राज कुमार स्मृति ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीको संयुक्त आयोजनामा क्लवका संस्थापक अध्यक्ष स्वर्गीय राजकुमार श्रेष्ठको स्मृतिमा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ गतेदेखि सुरु हुनेछ ।
प्रतियोगिता उद्घाटन समारोहमा नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन आउने कार्यक्रम रहेको छ । विद्यालयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय गरी १२ टिमको सहभागिता रहनेछ ।
फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ३० हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद २० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्येबाट बेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट किप्पिङ, म्याच अफ द सिरिज, राईजिङ प्लेयर लगायतका विधामा पुरस्कृत गरिने आयोजक रोट्रयाक्ट क्लवका अध्यक्ष रुपेश शर्माले जानकारी दिएका छन् ।