२०८१ जेष्ठ ३० गते बुधवार

मोटरसाइकलको ठक्करबाट ११ बर्षीय बालकको मृत्यु


दाङ, जेठ ३ । दाङको तुलसीपुरमा भएको मोटरसाइकलको ठक्करबाट एक ११ बर्षीय बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का ११ बर्षीय संकल्प बस्याल जेठ २ गते दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
जेठ २ गते दिउँसो दोघरेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ७ प ३६४९ नम्बरको मोटरसाइकलको ठक्करबाट शान्तिदिप बोर्डिङ स्कूलमा कक्षमा ६ मा अध्यनरत बस्याल गम्भीर घाइते भएका थिए ।

बाटो काट्ने क्रममा बस्याललाई मोटरसाइकले ठक्कर दिएको थियो । उनलाई तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *