तुलसीपुर, बैशाख २९ । बबईमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर घइ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरास्थित हजुर आमाको घरमा आएका १६ बर्षीय प्रशान्त वली बबईमा बगेर बेपत्ता भएका छन् ।
वली बुधबार मात्रै नारायणपुरस्थित घरबाट बेलटाकुरास्थित हजुर आमाको घरमा पूजामा आएकाको भन्ने खुल्न आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।
हजुर आमाको घरमा आएका वली बिहीबार दिउँसो पौडी खेल्न भनेर बबई नदीमा गएका बखत बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता वलीको खोजी कार्यका लागि इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक बिरदत्त पन्तको कमाण्डमा पाँच जनाको टोली खटिएको भएपनि फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको डिएसपी अर्यालले बताए ।
प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार