२०८१ चैत्र १३ गते बुधवार

आज देशभर कांग्रेसको प्रदर्शन

माघ,२१ । नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । आज देशका ७७ वटै जिल्लाका सदरमुकाममा बिरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै रुष्ट बनेको छ भने वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।

सरकारका अनेक जनविरोधी निर्णय महँगी, भ्रष्टाचार बिरुद्दको विरोधमा कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *