२०८१ मङ्सिर २७ गते बिहिवार

धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणमा

दाङ, बैशाख २९ । नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्ति पूर्ण गराउन बास्तोलालाई नियनत्रणमा लिइएको जानकारी दिए ।

उक्त पार्टीले निर्वाचन बहिस्कार गर्ने नीति लिएको छ । बुटवलमा बिहीबार मात्रै बम बिस्फोट भएको थियो ।

त्यसैलाई मध्यनजर गर्दै सोधपुछका गरिएको र बास्तोलालाई निर्वाचन नसकिदा सम्म निगरानीमै राखिने प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले बिहीबार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङमै रोकेको थियो ।

प्रहरीका अनुसार अहिले पनि उनी प्रहरी निगरानीमै छन् ।
बास्तोला सुर्खेत तर्फ जाँदै थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *