२०८१ मङ्सिर २४ गते सोमवार

रुकुम पूर्वमा हत्या आरोपित वडाध्यक्षसहित माओबादीका वडाध्यक्ष उम्मेदवार पक्राउ

दाङ, बैशाख, २८ । रुकुम पूर्वमा एक महिलाको शब जंगलमा शंकाष्पद अवस्थामा फेला परेपछि हत्या आरोपित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा माओबादी केन्द्रबाट २०७४ सालमा निर्वाचित पुथाउत्तरगंगा गाउँपालिकाका वडा नं.११ का वडाध्यक्ष जयबहादुर बुढा, माओबादीका वडाध्यक्ष पदका उम्मेदवार कुमार सिंह र वडाध्यक्ष जयबहादुरका भाइ अर्जुनकुमार बुढा पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु बिरुद्ध मंगलबार नै दश दिनको म्याद थप भइसकेको छ ।बैशाख २६ गते बिहान गाउँपालिकाको उपल्लो शेरादेखि एक घन्टा पैदल यात्राको जंगलमा स्थानीय ४९ बर्षीया जुनमाया बुढाको शब फेला परेको थियो ।

त्यसपछि पीडितको तर्फबाट जुनमायाका बुवा कलम बुढाले आफ्नो छोरीको हत्या भएको भन्दै वडाध्यक्ष, वडाध्यक्ष पदका उम्मेदवारसहित पाँच जना बिरुद्ध किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार कलम बुढाले आफ्नी छोरीको अपहरण पछि हत्या गरिएको र उक्त घटनामा कुल १५ जना जतिको संलग्नता रहेको उल्लेख गरेपनि अन्यको नाम खुलाएका छैनन् ।

डिएसपी डाँगीका अनुसार जुनमायाको मृत्यु प्रकरण संकाष्पद रहेको बताए । ‘ आँखाको वरिपरी लिनडाम छ र पछाडि ढाडको भागमो घिसारेको जस्तो घाउ खतहरु मृतको शरिमा थियो,’ डिएसपी डाँगीले भने ‘ हामीले शब पोष्ट मार्टम बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएका छौं ।’

पोष्टमार्टम रिपोर्ट आएपछि जुनमायाको मृत्युबारे स्पष्ट बोल्न मिल्ने डाँगीले बताए । मृतक जुनमाया नेकपा एमाले समर्थित हुन । डिएसपी डाँगीका अनुसार वैशाख १९ गते बेलुका साढे ८ बजेतिर गाउँपालिकाको वडा नं.११ स्थित तल्लो शेरा भन्ने ठाउँमा माओवादी कार्यकर्ता र नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनका कार्यकर्ता बीच घर दैलोको क्रममा सामान्ने भडप भएको थियो । प्रहरीले बैशाख २० गते प्रहरीमा आएर छलफल गर्ने र दोषीलाई कानुनी कारबाही गर्ने सहमति भएपछि झडप रोकिएको थियो ।

‘ झडप हुँदै गर्दा प्रहरी पुगेर रोकेको थियो,’ डाँगीले भने ‘ अर्को दिन दुबै पक्षका ब्यक्तिहरु आएर प्रहरीमा पाँच जना मानिसहरु सम्पर्क बिहिन रहेको भनेर निबेदन दिनुभएको थियो ।’ त्यो बीचमा चार जना सम्पर्कमा आएपनि जुनमाया भने सम्पर्क बिहिन थिइन । ‘झडप पछि जुनमाया भाइ धनबहादुर बुढा बेपत्ता भएको भन्दै खोज्न भनेर गएको भन्ने खुल्न आएको छ,’ डिएसपी डाँगीले भने ‘उहाँको जंगलमा संकाष्पद अवस्थामा शब फेला परेपछि पीडित पक्षले अपहरण पछि हत्या भएको भनेर किटानी जाहेरी दिनु भएको छ ।’

नेपालकै कान्छो र लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा तीन पालिकाहरु छन् । त्यसमध्य भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा चुनाबी तालमेल भएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको मुख्य पदहरुमा भने सबै दलहरु एक्ला एक्लै भिडेका छन् ।

नेकपा एमाले र काँग्रेसका बीचमा तालमेल भएपछि निर्वाचनमा पराजित हुने मानसिकता बोकेको माओबादी कार्यकर्ताले आक्रमण गरेको एमाले र काँग्रेसका स्थानीय नेताहरुको आरोप छ ।

किटानी जाहेरी पछि पक्राउ परेका माओबादीका पुथाउत्तरगंगा गाउँपालिकाका वडा नं. ११ का वडाध्यक्ष पदका उम्मेदवार कुमार सिंह प्रहरी थुनामै रहने निश्चित भएको छ ।

उनी प्रहरी थुनामै रहेर निर्वाचनमा भिड्ने परिस्थिति सृजना भएको छ । बैशाख ३० गतेसम्म स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *