२०८२ असार ७ गते आइतवार

दाङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङ,बैशाख २७ । दाङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको गढवामा वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कार र रा ६ प ७३७९ नम्बरको मोटरसाइलक ठोक्किँदा आँटीपाकरका अरुण चौधरी र सुरज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुवै जना मोटरसाइकलमा सवार थिए। सोमवार भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा आज ज्यान गएको हो ।

कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *