२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर १७ को निर्वाचन स्थगित हुन्छ – अर्याल

तुलसीपुर, बैशाख २७ । नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि वडा नं. १७ को निर्वाचन अन्तिममा आएर स्थगित हुने भएको छ ।


तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत राजेश्वर अर्यालले एक जना वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएको हुँदा उक्त वडाको निर्वाचन कार्यक्रम स्थगित हुने जानकारी दिए ।

चौधरीको मृत्यु बारे नेकपा एमाले पार्टीले निर्वाचन अधिकृतकको कार्यालयमा सूचना दिएपछि त्यसैका आधारमा निर्वाचन आयोगमा आँफुले सूचना पु¥याउने अर्यालले जानकारी दिए ।


‘एक जना उम्मेदवारकै मृत्यु भइ सकेपछि त्यो वडाको निर्वाचन स्थगित हुने नै भयो,’ अर्यालले भने ‘ त्यो बाहेक आयोगले पालिकाकै निर्वाचन स्थगित गर र पछि एकै पटक गरौला पनि भन्न सक्छ ।’

आयोगको निर्देशन अनुसार आँफूहरु अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *