दाङ,बैशाख २६ । जिल्ला प्रसासन कार्यालय दाङमा ४ दिन सेवा बन्द हुने भएको छ ।
सोमवार कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सुचना जारी गर्दै आजदेखि बैशाख २९ गतेसम्म नागरिकता प्रमाणपत्र,नाबालक परिचयपत्र,राहदानी तथा अन्य अन्य सिफारिस सम्बन्धी कार्यहरु स्थगित गरिएको जानकारी दिइन ।
प्रसासनमा कार्यारत कर्मचारीहरु यहि बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको लागि विभिन्न मतदान केन्द्रमा खटिएका कारण ४ दिनसम्म सेवा बन्द गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार