२०८१ फाल्गुन ६ गते मङ्गलवार

विकासको पहिलो आधार शिक्षा : मेयर पाण्डे

तुलसीपुर,माघ २० । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विकासको पहिलो आधार शिक्षा भएको बताएका छन् । शनिवार तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले आयोजना गरेको स्वागत, विदाइ तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षाको विकास विना समाज समृद्ध नहुने मयरले बताए । उनले शिक्षाको गुणात्मक विकासका लागि शिक्षक अभिभावक र विद्यार्थीको बीचमा सम्वन्ध स्थापित हुनुपर्ने वताएका छन् ।

नगरप्रमुख पाण्डेले तुलसीपुरलाई शिक्षाको हव वनाउन उपमहानगरपालिकाले विशेष ध्यान दिएको दाबी गरे । नेपालका अधिकांश विद्यार्थी विदेश पलाएन भएको प्रशंग उल्लेख गर्दै पाण्डेले आफ्नै माटोमा काम गर्न प्रेरित दिने शिक्षाको आवश्यकता रहेको जोड दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगर शिक्षा समितिका संयोजक देवराज विकले प्राविधिक शिक्षाको विकास आजको आवश्यकता भएको भन्दै हरेक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए । त्यस्तै त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक तिर्थराज न्यौपानेले स्थानीय स्तरका विद्यार्थीलाई गुणात्मक शिक्षा प्रदान ज्ञानदिपले महत्वपूर्ण भुमिका खेलेको भन्दै थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामिछानेले विद्यार्थीको हातमा समाज र देशको भविष्य रहने हुँदा विद्यार्थी समाजको मार्ग दर्शक बन्नु पर्ने बताए ।

विद्यार्थी हेमन्त प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालिका सदस्य अमर नेपाली माइकल, दिपक कुमाल, विद्यार्थीहरु रिचा सापकोटा, रेमन्त पुन, मनिषा डाँगी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए । सो अवसरमा कलेजको स्थापनाकालदेखि महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । विद्यार्थी अर्जुनदेव वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तेजवहादुर डाँगी र सुदन भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *