२०७७ मङ्सिर २० गते शनिवार

काँग्रेस सहमहामन्त्री महत दाङ आउने

लिलाधर वली,

दाङ,१९ माघ । नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत दाङ आउने भएका छन । सरकार विरुद्ध आन्दोलन घोषणा गरेको नेपाली काग्रेस दाङले यहि माघ २१ गते घोराहीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्न नेता महत दाङ आउन थालेको नेपाली काग्रेस दाङले जनाएको छ ।

काग्रेसको केन्द्रीय कार्यक्रम अनुसार विरोध सभाको आयोजना गरेको नेपाली काग्रेसले जनाएको छ । काग्रेस दाङले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि २१ गते घोराहीमा आयोजना गर्न थालेको बिरोधसभाका बारेमा जानकारी दिएको हो ।

उक्त विरोधसभालाई भव्य र सभ्य बनाउनका लागि गाउँगाउँवाट नेता तथा कार्यकर्ताहरु ल्याउने बिरोधसभालाई सम्वोधन गर्न महतसँगै नेपाली काग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलगायतका नेताहरु समेत आउने भएका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए । ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *