काठमाण्डौ,बैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको शुभकामना दिएका छन ।
शुभकामना दिँदै राष्ट्रपति भण्डारीले ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ईदको शुभकामना दिए । उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताए ।
प्रधानमन्त्री देउवाले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप बलियो बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे ।