२०८३ मङ्सिर ९ गते मङ्गलवार

आचारसंहिता भित्र रहेर सुचना तथा समाचार सम्प्रेषण गर्न आग्रह

तुलसीपुर,बैशाख १८ । घोराहीमा स्थानीय निर्वाचन र पत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रम भएको छ ।

आइतबार सन्चारिका समूह दाङले एक कार्यक्रमको आयोजना गरि आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताका विषयमा छलफल गरेको हो।

त्यस अबसरमा नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले
आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई सभ्य,मर्यादित र भयरहित बनाउन पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने बताउदै पत्रकारिताको आचारसंहिता भित्र रहेर काम गर्न आग्रह गरे ।

सञ्चारीका समुह दाङका अध्यक्ष सुलोचना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले आम सञ्चार माध्यमहरुलाई आचारसंहिता भित्र रहेर सुचना तथा समाचार सम्प्रेषण गर्न आग्रह गरे।

उनले निर्वाचन आयोगले दिएको मापदण्डभित्र रहेर आफ्नो माध्यममबाट चुनावी प्रचारप्रसारका सामग्रीहरु प्रसारण गर्न पत्रकारहरुलाई अनुरोध समेत गरेका छन् ।

निर्वाचनको समयमा पत्रकारहरु आफै पार्टी केन्द्रीत,उम्मेद्वार केन्द्रीत भएर समाचार तथा सुचना सम्प्रेषणए एवं प्रचारप्रसारमा लाग्ने प्रवृत्ति रहेकाले राजनीतिक प्रचारप्रसार भन्दा सत्थ, तथ्य र निष्पक्ष समाचारहरु सम्प्रेषण गर्न जरुरी रहेको बताए ।

उनले निर्वाचनलाई व्यवस्थित र सभ्य ठंगले सम्पन्न गर्नका लागि सञ्चार माध्यमलाई आयोगसंग सहकार्य र समन्वय गर्न समेत अनुरोध समेत गरेका छन् ।

यसका साथै उनले निःशुल्क कुनैपनि व्यक्ति वा पार्टीको प्रचारसामग्रीहरु आफ्नो सञ्चार माध्यमबाट प्रकाशन, प्रसारण नगर्न÷नगराउन आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष बसुन्धरा गौतम,सन्तोष सुवेदी, सचिव आरके शितल, सल्लाहकार लक्ष्मी आचार्य लगायतले केन्द्रमा मात्र नभई जिल्ला तहमा पनि निर्वाचन आचारसंहितामा रहेर काम गर्न जरुरी रहेको बताए ।

उनीहरुले आयोगले तोकेको मापदण्ड भन्दा बाहिर नगएर समाचार तथा सुचना सम्प्रेषण गर्नुपर्ने बताए ।

निर्वाचन नजिकिदै जाँदा आचारसंहिता उल्लङघन हुन सक्ने भएकाले यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पत्रकारहरुले ध्यान दिन जरुरी रहेको बताए ।

साथै उनीहरुले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार संकलन, चुनाव लक्षित सुचनाहरु प्रसारणगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उक्त कार्यक्रमको सहजीकरण समुहकी सचिव निरला अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *