२०८३ मङ्सिर ६ गते शनिवार

गठबन्धनले अत्याधिक बहुमतका साथ बिजयी हासिल गर्छ ः मेयरका उम्मेदवार गेहेन्द्र गिरी

तुलसीपुर,बैशाख १५ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा तुलसीपुर क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र बनाएका छन । बिहीवार गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर घर दैलो अभियान गरेका छन् ।

गठबन्धनका उम्मेदवार संयुक्त रुपमा तुलसीपुर ८ को अस्वारा, १९ को बेलझुण्डी र वडा नं ४ को खाद्रेमा पुगेर सर्वसाधारणसंग मत मागेका छन् ।

त्यस अवसरमा सम्बोधन गर्दै मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले तुलसीपुको मुहार फेर्न यसपटकको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।

उनले देशलाई दिशामा निर्देश गर्न, विकास निमार्णदेखि शिक्षा, स्वास्थ्य, गाँसबास, कपास लगाएत हरेक क्षेत्रमा नेपाली कांग्रेसले बिगतदेखि निर्वाह गर्दै आएको भूमिकालाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे ।
‘अहिलेको निर्वाचनमा हरेक स्थानीय तहमा कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले जित मात्र होइन अत्याधिक बहुमतका साथ बिजयी हासिल गर्ने छ,’ नेता गिरीले भने ‘ तपाँई हामीलाई अत्यधिक मतका साथ बिजयी बनाउनुहोस हामी त्यसैको बलमा भोलिको सुन्दर तुलसीपुर निर्माण गर्ने छौं।’

चुनाव जितिसकेपछि गरिब, विपन्न, निमुखा महिलाको उत्थानका निम्ति विभिन्न सिपमुलक र रोगजारका कार्यक्रमहरु ल्याउने गिरीले प्रतिबद्धता जाहेर गरे ।

‘हिजोको दिनमा एमाले नेतृत्वले चलाउदाँको देश र कांग्रेसले चलाएको देश आम नागरिकले सरलै सहजै रुपमा मुल्याङ्ककन गर्न सक्ने अवस्था छ,’ नेता गिरीले भने ‘ हामी संभव हुन सक्ने कुरा मात्रै गर्छौं तर कम्युनिष्टहरु झुटा बोलेर तपाँईको भोट तान्छन् ।’

त्यस्को ज्वलन्त उदाहरण तुलसीपुर उपमहानगरपालिकाको बिद्युत लाईन काटिनुलाई मान्न सकिने उनले बताए ।

जनप्रतिनिधिहरुले विदाई भएर जादै गर्दा नगरवासीहरुलाई ऋणको भारी बोकाएर जान लागेको भन्दै मेयर पदका उम्मेदवार गिरीले त्यसको अन्त्यको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

‘उपमहानगरपालिका आफै त ऋणमा छ,यसबाट समृद्धको आस कसरी गर्नु ?’ गिरीले प्रश्न गरे ।

अहिले धेरै मतदाताले निर्वाचनको अभियानसगै नागरिकहरुको घरदैलोमा पुग्दा कम्युनिष्टलाई बिगतमा मेयर पदमा विजयी गराउँदाको पछुताउनु परेको गुनासो सुनाउने गरेको मेयर पदका उम्मेदवार गिरीले बताए ।

‘आफुले प्रयोग गरेको बिजुलीको महसुल समेत तिर्न नसक्दा बत्ती काटिएनु कतिसम्मको लज्जाष्पद स्थिति हो,’ नेता गिरीले भने ‘ यस्ताबाट कसरी सुशासन र संबृद्ध तुलसीपुरको संभावना रहन्छ ।’

अहिले उपमहानगरपालिका नाजुक अवस्थामा पु¥याउन कम्युनिष्ट नेतृत्वको ब्रह्मलुटकै परिणाम मान्नु सकिने उनले बताए ।
नाम मात्रको स्मार्ट सिटी भित्रका विकास अन्तरर्गत सडक, सिसी टिभी,सडक बत्ती लगाएतको अवस्था झनै अस्तव्यस्त बनेका गिरीले बताए ।

चुस्त दुरुस्त रुपमा कार्यसम्पादन गर्न नसक्दा उपमहानगरपालिका ६५÷७० करोड बढीको बेरुजुमा परेको उनले आरोप लगाए । ्

त्यस्तै उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जरुरी रहेको बताए । ‘यस पटक नगरवासीले विस्वास गरेर गठबन्धनका उम्मेदवारहरुलाई मत दिनुस,’ रानाले भने,‘चुनाव जितेपछि हामीले मिलेर नगरवासीले अनुभुति गर्ने गरि काम गरेर देखाउने छौँ ।’

नेकपा एमाले सरकारको काम र व्यवहार प्रति वाक्क÷दिक्क भएका जनताको भावनालाई बझुदै ५ दलिय गठबन्धन गरेको रानाले बताए ।
उनले पनि पाँच दलिय गठबन्धनको जित सुनिश्चित जस्तै भइसकेको दाबी गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *