२०८१ मङ्सिर २९ गते शनिवार

लमहीमा निर्देशिका विपरित सहायक निर्वाचन अधिकृत तोकिए

दाङ,१२ बैशाख । लमही नगरपालिकाको सहायक निर्वाचन अधिकृत स्थानिय तह निर्बाचन निर्देशक बिपरित तोकिएको छ ।

लमही नगरपालिकामा हुने निर्बाचनका लागि सहायक निर्बाचन अधिकृतका रुपमा गोकर्ण वली तोकिएका छन ।

स्थानीय तह निर्वाचन जनशक्ति ब्यबस्थापन निर्देशिका २०७८ ले राष्ट्रियस्तरको ट्रेड युनियन वा आधिकारिक ट्रेड युनियनका केन्द्रिय स्तरका पदाधिकारी र जिल्ला कार्यसमितिका पधाधिकारिलाई निर्बाचन समन्धी काममा खटाइने छैन भन्ने उल्लेख छ ।

तर उनी नेपाल निजमती कर्मचारी संगठनको केन्द्रिय सदस्य हुन ।

लमही नगरपालिकाका निर्वाचन अधिकृत मानबहादुर बिष्टले आफुसँग आइसकेको र उम्मेदवारी दर्ता सकेर मुख्य निर्बाचन अधिकृतसंघ सरसल्लाह गरेर अब के गर्ने भन्ने निर्णय हुने बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *