२०८१ माघ २६ गते शनिवार

तुलसीपुरमा नेविसंघको ‘जलवा’


बालाराम खड्का,
तुलसीपुर, माघ १७ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विहीवार तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार सरकारले गरेका विभिन्न गलत निर्णय, निर्मला पन्तका हत्यारालाई कारवाही र अन्सनसत डा. गोविन्द केसीको माग पुरागर्नु पर्ने लगाएतका माग गर्दै नेविसंघले तुलसीपुरमा मसाल जुलस प्रर्दशन गरको हो ।

नेविसंघले बेलुका ६ बज्दै गर्दा चारै तर्फ वाट मसाल जुलुल निकाले पछि प्रहरी प्रशासन र बजार बासी आश्चर्यमा परेका थिए ।
मसाल जुलुस पछि बीपी चोकमा आयोजित कोण सभालाई सम्वोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्काले कम्यूनिष्टको दुई तिहाई बहुमतको सरकार निकम्मा सावित भएको बताए । भ्रष्टचार मौलाएको, महंगी बढेको, बलात्कार पछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तका आफन्तले न्याय नपाएको, सत्याग्रही डा. गोविन्द केसीको आवाज दवाउन सरकार उद्धत रहेको हुँदा विरोध गर्नुपर्ने बताए ।

दुई तिहाइको सरकारले हत्या हिंसा अत्यन गर्न नसकेको, जनताको ढाड सक्ने गरी मुल्य वृद्धि गरेको हुँदा सरकार असफल भएको उनले बताए ।

नेविसंघका पूर्व केन्द्रिय सदस्य खड्काले हरेक परिवर्तनमा काँगेस र काँग्रेसका भातृसंघ संगठनहरुले महत्व पूर्ण भुमिका रहेको भन्दै जनताको जनजिविकाको सवालमा खेलवाड गरे कम्यूनिष्टको दुई तिहाईको सरकार ढल्न समय नलाग्ने बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीले काँग्रेस अन्याय अत्याचारका विरुद्ध विगतदेखि लडदै आएको पार्टी भएको हुँदा जो काँग्रेस संग टकराउन खोज्छ त्यस्को अस्तित्व समाप्त हुने चेतावनी दिए । ‘हिजो राणा, पंचायत र राजा काँग्रेसले नै फालेको हो,’ अध्यक्ष घर्तीले भने ‘ यस्तै हो भने अव नेपाल वाट सदाको लागि कम्यूनिष्ट समाप्त गर्न काँग्रेस बाध्य हुने छ ।’

उनले महंगी र भ्रष्टचखार व्याप्त भएको तथा सर्वसाधारण जनताले न्याय नपाएको हुँदा दूई तिहाई कम्यूनिष्ट सरकार असफल भएको दाबी गरे । अध्यक्ष घर्तीले काँग्रेस आज फेरि जनतालाई परेको पिर मर्काको आवाज वुलन्द गर्न र न्यायका लागि सडकमा आउनु परेको बताए । ‘ जनता भन्दा ठूलो कोही छैन। जनता नै जनार्दन हुन,’ अध्यक्ष घर्तीले भने ‘काँग्रेसलाई मास्न खोज्नहरु कोही टिकेनन् अब पालो कम्यूनिष्टहरुको समाप्त हुने समय आएको छ ।’

त्यस्तै नेपाल विद्यार्थी संघ दाङका कार्यवहाक जिल्ला अध्यक्ष टोपबहादु बुढाथोकीले अव सडक बाटै सरकारले गरेका गलत निर्णयको विरोध गर्न सबै युवा एक जुट भएर लाग्नु पर्ने बताए । हाल देशमा देखिएका विभिन्न हत्या हिंसा र अत्याचार तथा चर्कौ मूल्यवृद्धिका विरुद्ध चरणबद आन्दोलनमा उत्रनु परेको उनले बताए ।

त्यस्तै नेपाल विद्यार्थी संघ तुलसीपुर नगरका अध्यक्ष राजीव पाण्डेले नेपाल विद्यार्थी संघ सधै अन्यायर अत्याचारका विरुद्धमा लडेको भन्दै जनतालाई राहत दिने पक्षयमा रहेको भन्दै अव सरकारका विरुद्धमा आन्दोलनमा लागेको बताए । सहभागीहरुले हिजो राना, राजासंग अन्या र अत्याचारका विरुद्ध लडेको नेविसंघ आज कम्युनिष्ट सरकारको ज्याजती सहेर चुपलागेर नबस्ने चेतावनी दिएका थिए ।

कार्यक्रमको सहजीकरण नेविसंघका जिल्ला सदस्य किरण केसीले गरेका थिए । तुलसीपुर बजारको विभिन्न स्थानबाट निकालिएको मसाल जुलसको नेतृत्व नेपाल तरुण दल क्षेत्र नं. ४ का अध्यक्ष रमेश मल्ल, नेविसंघका नेताहरु घनश्याम भण्डारी, अरुण लहरे लगाएतका नेताहरुले गरेका थिए । कोणसभा स्थल बीपी चोकका काँग्रेस नेता र केही जनप्रतिनिधिको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *