२०८१ माघ २६ गते शनिवार

प्रतिष्ठानमा कानुन विना नै कर्माचारी भर्ना गरेको भन्दै सर्वोच्चमा रिट

दाङ, माघ १७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कानुन बिना नै कर्माचारी भर्ना गरिएको भन्दै सर्बौच्च अदालतमा रिट दायर भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी कानुन व्यवसायी तथा पत्रकार लोकेन्द्र ओलीले उक्त रिट दायर गरेका हुन । ओलीले विहीवार उपकुलपति संगिता भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र प्रधानमन्त्री कार्यालयलाई बिपक्षी बनाएर सर्वोच्च रिट दायर गरेका हुन ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कानुन बिपरित करिब एक सय कर्मचारी करारमा नियुक्त गरेको आरोप लाग्दै आएको छ । दुई हप्तादेखि साविक राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्माचारीले प्रतिष्ठान मातहतमा राख्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *