२०७७ माघ १२ गते सोमवार

नेकपाले दाङका १० स्थानीय तहमा अध्यक्ष र सचिव क–कस्लाई बनायो ? (हेर्नुहोस नामसहित)

दाङ,माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङले स्थानीय तहका कमिटीहरु चयन गरेको छ । बुधवार सार्वजनिक भएको नाम लिस्ट अनुसार जिल्लाको दश स्थानीय तहहरुमा जिम्मेवारी प्राप्त गर्ने अध्यक्ष र सचिवको नामवली यस्तो छ ।

१-घोराही उपमहानगरपालिकामा अध्यक्ष पुर्ब एमाले बाट राममणि पाण्डे र सचिव पूर्व माओवादी केन्द्रबाट विश्वराज आचार्य ।
२- तुलसीपुर उपमहानगरपालिकामा अध्यक्ष पूर्व माओवादी केन्द्रका खुशीराम चौधरी र सचिव पूर्व एमालेका माधव ओली ।
३- लमही नगरपालिकामा अध्यक्ष पूर्व एमालेका कुलबहादुर केसी र सचिव पूर्व माओवादी केन्द्रका वसन्तराज शर्मा ।
४- राप्ती गाउँपालिकामा अध्यक्ष पूर्व माओवादी केन्द्रका धर्मराज अधिकारी र सचिव पूर्व एमालेका टोपबहादुर झाँक्री ।
५- गढवा गाउँपालिकामा अध्यक्ष पूर्व एमालेका कालीराम चौधरी र सचिव पूर्व माओवादी केन्द्रका यमनारायण पोख्रेल ।
६- राजपुर गाउँपालिकामा अध्यक्ष पूर्व माओवादी केन्द्रका चक्रबहादुर खड्का र सचिव पूर्व एमालेका शंकर चौधरी ।
७- बंगलाचुली गाउँपालिकामा अध्यक्ष पूर्व माओवादी केन्द्रका डोमाकान्त कुँवर र सचिव पूर्व एमालेका पुष्प भण्डारी ।
८- बबई गाउँपालिकामा अध्यक्ष पूर्व एमालेका जितबहादुर ओली र सचिव पूर्व माओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी ।
९- शान्तिनगर गाउँपालिकामा अध्यक्ष पूर्व एमालेका शेरबहादुर भण्डारी र सचिव पूर्व माओवादी केन्द्रका गोविन्द भण्डारी ।
१०- दंगिशरण गाउँपालिकामा अध्यक्ष पूर्व एमालेका भरत अधिकारी र सचिव पूर्व माओवादी केन्द्रका धनविर चौधरी । बुधवार जिल्लाका दश स्थानीय तहको नेतृत्व चुन्न सफल भएपनि जिल्लाको अध्यक्षको टुङ्गो भने अझैं लाग्न सकेको छैन ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *