तुलसीपुर,बैशाख ४ । तुलसीपुरमा कोरोना भाइरसविरुद्धको जुन सुकै खोपको दोस्रो मात्रा लगाएकोलाई बुस्टर खोप लगाइदैछ ।
तुलसीपुर भीमसेन मेट्रो अस्पतालमा आइतबारदेखि कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाएर ३ महिना पुरा भएका नागरिक सबैलाई बुस्टर खोप लगाउन लागिएको तुलसीपुर जनस्वास्थ्य प्रर्वद्धन शाखाले जनाएको छ ।
जोन्सन एण्ड जोन्सन खोप लगाएको हकमा भने दोस्रो खोप लगाएको ६ महिना पुरा भएको हुनु पर्ने बताइएको छ ।
यसअघि खोप लगाएको खोप कार्डसहित बुस्टर मात्रा पुरा गर्न शाखाले आग्रह गरेको छ । खोप आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म लगाइने छ ।
भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाएको ३ महिना पुरा भएका नागरिक सबैले र जोन्सन खोप लगाएको ६ महिना पुरा भएका नागरिकले बुस्टर खोप लगाउने पाउने छन् ।
प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
