२०८३ भाद्र १२ गते शुक्रवार

आगलागीबाट राप्ती सोनारीमा ११ घर र ४ गोठ जलेर नष्ट

दाङ, बैशाख ३ । बाँकेको राप्ती सोनारीमा आगलागी बाट ११ घर र चार गोठ जलेर नष्ट भएका छन् ।

राप्ती सोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुर नयाँ बस्तिमा शुक्रबार दिउँसो आगलागीबाट १५ घर गोठ जलेर नष्ट भएका हुन ।

आगलागीबाट ९७ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।


सबै भन्दा बढी क्षति स्थानीय सिताराम जैसीको भएको छ । जैसी परिवारको पसल, नगद र सुनका गरगहनासमेत जल्न पुग्दा ५० लाख बराबरको क्षति भएको डिएसपी मल्ले बताए ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो दुई बजेतिर बस्तिमा आगलागी सुरु भएको थियो ।

आगो नियन्त्रणमा लिन कोहलपुर नगरपालिका, नेपालगंज उपमहानगरपालिकाका दमकल, स्थानीय र प्रहरीलाई तीन घन्टा बढी समय लागेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *