काठमाण्डौ,बैशाख २ । अर्थमन्त्री जनार्दन शर्माले कृषिमा आमूल परिवर्तन जरुरी रहेको उनले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्रीले अर्थमन्त्री शर्माले भने, ‘अब कृषिमा रुपान्तरण जरुरी छ, हामीले कम्तिमा साग त रोप्नु पर्यो नि ?’
विद्युत खपतमा समेत ध्यान दिनुपर्ने उनले बताए । अर्को आम्दानीको महत्वपूर्ण श्रोत पर्यटन भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताए ।
यसका लागि पनि सरकारले काम गरिरहेको उनले बताए । संविधान र कानूनको कार्यान्वयनमा पनि धेरै कमजोरी रहेको भन्दै उनले देशमा संघीयता भए पनि अहिले पनि केन्द्रीकृत मानसिकता उनले बताए । जसले गर्दा बजेट कार्यान्वयनमा समस्या रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।
उनले पेट्रोलियम आयात गत वर्षकै परिमाणमा भए पनि महंगीका कारण धेरै रकम आयातमा खर्च भएको उनले बताए ।
खाने तेल, मेसिनरी पार्टपुर्जा लगायतका सामान आयातको अवस्था पनि उस्तै रहेको उनले बताए । अर्थतन्त्रमा मूल्यवृद्धिको मार परेको उनले बताए ।