२०८३ भाद्र १२ गते शुक्रवार

थप १४ जनामा कोरोना सङ्क्रमण, ५५ जना निको

काठमाण्डौ,बैशाख २ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय तीन जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५५ जना कोरोना सङ्क्रमित निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ३८ जनामा झरेको छ । यो अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *