२०८१ जेष्ठ ४ गते शुक्रवार

टाईफाईड विरुद्धको खोप लगाउने अभियान जारी,दाङमा डेढलाख बढीले खोप लगाए

दाङ,बैशाख २ । देशभर बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाउने अभियान जारी छ ।

१५ महिनादेखि १५ वर्ष मुनिका बालवालिकाहरुमा टाईफाईड रोगको संक्रमण उच्च भएको भन्दै गत चैत २५ गतेदेखी खोप लगाउन सुरु गरिएको हो ।

तर दाङमा भने २३ गते देखी नै यो अभियान सुरु भएको हो । पहिलो चरणमा सम्बन्धित विद्यालयमै खोप केन्द्र राखेर खोप लगाउन थालिएको छ भने विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाईएको छ ।

अभियान अन्तरर्गत दाङमा पनि बालबालिकाहरुले खोप लगाउने क्रम चलिरहेको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अङगद बहादुर शाहीका अनुसार अहिलेसम्म एक लाख ५० हजार बढि बालवालिकाले टाईफाईडको खोप लगाई सकेका छन भने अब झण्डै ४० हजार बालबालिका खोप लगाउन बाँकी छन ।


दाङमा २ लाख बढि बालबालिकालाई टाईफाईड खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *