२०८१ फाल्गुन ७ गते बुधवार

शहिदहरुको सपनालाई पुरा गर्न व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्ने

यमकला भुसाल,
घोराही,१६ माघ। बुधवार देशको लागि आफ्नो प्राणको आहुति दिने अमर सहिदहरुको सम्झना गर्ने दिन । राणा शासन विरुद्धको आन्दोलनमा ज्यानको बाजी लगाएका अमर शहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीको सम्झनामा बुधवार देशभर बिभिन्न कार्यक्रम गरिएको छ । पछिल्ला वर्षहरुमा शहिदको अपमान भएको गुनासो बढिरहेको छ । शहिदको मापदण्ड र संख्याबारे सरकार समेत अनभिज्ञ छ । जो सुकैलाई पनि शहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गदै वास्तविक शहिदको सम्मान गर्न बिभिन्न क्षेत्रबाट माग हुँदै आएको छ ।

दिवसको अवसरमा नेपाली काग्रेंस दाङले पनि सहिदहरुको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली काग्रेंस दाङका सभापती कृतिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले वीर शहिदहरुको सपनालाई पुरा गर्न पहिला आफ्नो स्वार्थलाई त्यागर्नुपर्नेमा जोड दिएका छन । अहिलेको सरकारले प्रजातन्त्र खतरामा पार्न खोजेको भन्दै प्रजातन्त्रलाई जोगाउन सबै एक भएर लाग्नु पर्ने बताए । साथै उनिहरुले सहिदहरुको बलिदानको उच्च सम्मान गर्नु सबै नेपालको कर्तव्य रहेको उल्लेख गरेका थिए ।

नेपाली काग्रेंस दाङका उपसभापती कमाङसिह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व सभापती बिरकेसरी गौतम,नेपाली काग्रेसं प्रदेश नं ५ का सासंद अर्जुन कुमार श्रेष्ठ लगाएतले समृद्धि र बिकासलाइृ अघि बढाउने काग्रेसको दायित्व भएको भन्दै सकारात्कम सोचका साथ अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण नेपाली काग्रेंस दाङका सचिव टेकबहादुर वलिले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *