२०८३ भाद्र ११ गते बिहिवार

रोल्पामा थपिए २८ हजार बढी मतदाता

रोल्पा,चैत २९ । रोल्पामा २८ बढी मतदाता थपिएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जम्मा १ लाख १७ हजार २ सय ६१ संख्या रहेको रोल्पामा अहिले बढेर १ लाख ४५ हजार ४ सय ४४ पुगेको हो ।

जसमध्ये पुरुष ७१ हजार ९ सय ३४ र महिला ७३ हजार ५ सय १० रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी केसीले जानकारी दिए ।

जिल्लाका स्थानीय तहगत विवरणमा हेर्दा सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम थबाङ गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *