दाङ, चैत २७ । स्कूल बसको ठक्करबाट प्यूठानमा डेढ बर्षीय बालकको मृत्यु भएको छ ।
रा १ प ८८१ नम्बरको बसको ठक्कर बाट गम्भीर घाइते प्यूठान नगरपालिका वडा नं. ४ का डेढ बर्षीय यूनिक कार्कीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार दिउँसो चार बजेतिर प्यूठान नगरपालिका वडा नं. ७ पुन्यखोला स्थित लर्निंङ हेवन स्कूलको ठक्करबाट बालक गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
बालक कार्की पछाडिबाट आएर ठोक्किएको चालकले प्रहरी समक्ष दाबी गरेको डिएसपी थापाले बताए ।
प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार