२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा गाडीको ठक्करबाट घाइते ८ बर्षीय बालकको मृत्यु

तुलसीपुर, चैत २७ । दाङ तुलसीपुरमा एक आठ बर्षीय बालकको ठक्करबाट मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी दिपु बस्नेतका छोरा ८ बर्षीय योगेश बस्नतेको उपचारका लागि छिमेकी देश भारतको लखनउ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

योगेशलाई शनिबार बेलुका भारतीय नम्बर प्लेटको यूपी–४२– बिटी–२४०१ नम्बरको बल्कर गाडीले तुलसीपुर– १७ मज्गैंमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार घाइते योगेशलाई तुलसीपुरको सिटी हस्पिटलमा उपचार संभव नभएपछि नेपालगंज रिफर गरिएको थियो ।
तर, नेपालगंजमा पनि उपचार संभव नभएपनि थप उपचारका लागि लखनउ लैजाने क्रममा बालक योगेशको बाटोमै मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए । गाडी प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *