२०८३ भाद्र १० गते बुधवार

घोराहीमा मोटरसाइकल दुर्घटना ः आमाका मृत्यु,दाजु बहिनी घाइते

तुलसीपुर, चैत २६ । घोराहीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ । दाजु बहिनी घाइते छन् ।

दुर्घटनाकी गम्भीर घाइते घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाकी ३४ बर्षीया पर्मिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सवा ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि १९ बर्षीय रोहन हमाल र १६ बर्षीया सबिना हमाल घाइते भएका छन् । घाइतेको घोराहीमा उपचार भइरहेको छ । रोहन र सबिना दाजु बहिनी हुन । मृतक उनीहरुकी आमा रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले रोहनको कुम फ्याक्चर भएको तथा सबिनाको अनुहारमा चोट पटक लागेको बताए ।

घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका वडा नं. ८ बनगाउँमा बेलुकी पौने ९ बजे दुर्घटनामा परेको थियो ।


प्रहरीका अनुसार हेटलाइट नबल्ने मोटरसाइकल सडकमा थुपारी राखेको बालुवाका दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *