
तुलसीपुर, २६ चैत। नेत्रज्योति डा.रामप्रसाद पोख्रेल समाज सेवि सम्मान पुरस्कार दाङ तुलसीपुर निवास कृष्णकुमार गिरीलाई प्रदान गरिएको छ ।
नेत्रज्योति संघ दाङ शाखाका सभापति ,आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी नेत्रज्योति डा. रामप्रसाद पोख्रेल समाजसेवी सम्मान / पुरस्कार बाट सम्मानित भएका हुन ।
पोखरामा सुरू भएको नेपाल नेत्रज्योति संघ केन्द्र सभाको २७ अधिवेशनमा गिरी लाई प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गरूङले सम्मान गरेका हुन ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा चेतराज पन्तको अध्यक्षता एव प्रदेश प्रमुख गुरूङ प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघको स्थापनाकालदेखि अनवरत रूपमा आँखा सेवाको क्षेत्रमा समर्पित भावले पुर्याउदै आएको अतुलनीय योगदानको कदर स्वरूप नगद सहित कदरपत्रले दोशल्ला ओडायर सम्मान तथा पुरस्कृत गरिएकोहो ।
विगत लामो समय देखि आँखाको क्षेत्रमा योग्दान पुर्याएका गिरीले अन्धोपन निवारणमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै उनलाई संघले सो पुरस्कार प्रदान गरिएकोहो ।