२०८१ बैशाख १३ गते बिहिवार

प्राकृतिक स्रोतमाथि भइरहेको दोहन रोक्न राजमोको माग

घोराही, माघ १५ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहनको विरुद्धमा जिल्ला प्रसासन कार्यालय र जिल्ला समन्वय समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलवार बुझाइएको ध्यानाकर्षण पत्रमा एकातर्फ उपभोक्ताले सहज रुपमा बालुवा गिट्टी नपाउने र अर्कातर्फ बाहिर निकासी भइरहेको भन्दै त्यो तत्काल रोक्न माग गरिएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित उक्त पत्रमा अबैज्ञानिक तथा अबैधानिक उत्खनन कार्यलाई रोक्न र उत्खनन लाई ब्यबस्थित गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल र जिल्ला समन्व प्रमुख जितेन्द्रमान नेपालीले अवैद्य उत्खनन् रोक्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझाए पछि घोराहीको तुलसीपुर चोकमा पुगेर कोण सभा भएको थियोे । कोणसभामा जिल्ला अध्यक्ष गणेश आचार्य,सचिब वसन्त पौडेल र सदस्य कपिलदेब खनाल लगाएले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *