घोराही, चैत २१ । प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान गरेको छ ।
काउन्सीलले सोमवार पत्रकार महसंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड र काउन्सीलले प्रकाशन गरेको पुस्तकहरू प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको उपस्थितिमा प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के.शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कार्य गर्नुहुदैन लेखीएको बोर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तकहरू प्रदान गरेका हुन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पछिल्लो समय नागरिक समाजबाट पत्रकारिता माथी विभिन्न प्रश्नहरू उठीरहेकाले आचारसंहिता पालना गरेर पत्रकारिता गर्न आग्रह गरे ।
उनले निर्वाचन नजिकि रहेकाले निर्वाचनको समयमा आचारसंहिता पालना गर्न विशेष सजग रहनुपर्ने पनि बताए ।
प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सीलले पत्रकारहरूलाई आचारसंहिता बारे सचेत बनाउने भएकाले हरेक पत्रकार महासंघ, जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरूका हातहातमा पुर्याउने बताए ।
जुन अभियान अन्तरगत काठमाडौँ उपत्यका बाहिर पहिलो पटक पत्रकार महासंघ दाङ शाखालाई बोर्ड प्रदान गरिएको उनले बताए ।