२०८३ भाद्र १० गते बुधवार

घोराहीलाई बालमैत्री नगर घोषणा गरिदै

दाङ,चैत २१ । दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो उपमहानगरका रुपमा बालमैत्री नगर घोषणा हुँदैछ ।

नेपालमा १३ वटा उपमहानगरपालिका रहेकोमा घोराही बालमैत्री नगर घोषणा हुनेमा पहिलो उपमहानगर बन्दैछ ।

चैत्र २३ गते घोराहीलाई बालमैत्री नगर घोषणा गरिदै छ । जसको तयारी पूरा भएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताए । नेपालमा गाउँपालिका र नगरपालिका बालमैत्री घोषणा भएपनि उमपहानगरपालिका बालमैत्री घोषणा हुन सकेको छैन।

तर घोराही उपमहानगरपालिकाको निरन्तरको प्रयोसपछि बालमैत्री नगर घोषणा गर्ने अवस्थामा आएको नगरप्रमुख चौधरीले बताए ।

उनका अनुसार बालमैत्री नगर घोषणा हुनका लागि बालश्रम नभएको, सबै बालबालिका विद्यालयमा गएको, बालविवाहको अन्त्य भएको, बालक्वल गठन भएको, खानेपानी, सरसफाई लगायतको पहुँच पुगेको गरी ५१ वटा सूचकहरु पूरा गर्नु पर्ने हुन्छ ।

उक्त ५१ वटै सूचक पूरा गरेर उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न लागिएको चौधरीले जानकारी दिए । ५१ वटा सूचक पूरा भए नभएको जिल्ला समन्वय समिति, प्रदेश सरकारले अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ ।

जुन प्रतिवेदनमा सबै सूचक पूरा भइसकेको भन्दै लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलय यही चैत्र ९ गते घोराहीलाई बालमैत्री नगर घोषणा गर्न अनुमति समेत दिइसकेको छ ।

अनुमति पाए लगत्तै अब २३ गते लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को प्रमुख आतिथ्यतामा घोराहीलाई बालमैत्री नगर घोषणा गरिने नगरप्रुमख चौधरीले बताए ।

बालमैत्री नगर घोषणा कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघको बहुउदेश्यीय सभाहलमा हुनेछ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *