२०८३ भाद्र ११ गते बिहिवार

दाङमा थारु भाषाको पत्रकारिताबारे छलफल हुने

दाङ,चैत २० । दाङको घोराहीमा थारु भाषाको पत्रकारिताका बारेमा छलफल हुने भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा चैत २१ गते सोमबार घोराहीमा हुने थारु भाषाको पत्रकारिताको इतिहास, बर्तमान अवस्था र चुनौतीका बारेमा छलफल गरिने कार्यक्रममा दुईवटा आधार पत्र प्रस्तुत हुनेछन ।

कार्यक्रममा थारु भाषाको पत्रकारितामा आचार संंहिता पालनाको अवस्थाका बारेमा पनि आधार पत्र प्रस्तुत गरिनेछ ।

कार्यक्रममा थारु भाषाको पत्रकारिताको इतिहासका बारेको आधार पत्र डा. कृष्णराज सर्वहारीले प्रस्तुत गर्नेछन ।

यो कार्यपत्रको टिप्पणि महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत रहेका लौह अग्रासन साप्ताहिकका प्रधान सम्पादक के वि चौधरीले गर्नेछन ।

यसैगरी थारु भाषाको पत्रकारितामा आचार संहिता पालनाको अवस्थाका बारेमा लक्की चौधरीले आधार पत्र प्रस्तुत गर्नेछन ।

प्रस्तुत कार्यपत्रमाथिको टिप्पणि पत्रकार ठाकुर सिंह थारुले गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा थारु भाषामा प्रकाशित आचार संहिता पनि लोकार्पण गरिनेछ । आचार संहिताको लोकार्पण घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल लगायतको सहभागिता रहने प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *