२०८१ बैशाख ८ गते शनिवार

प्रदेश न. ५ मा नेकपाको एकता ७५ स्थानीय तहको टुङ्गियो

माघ  १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको छ ।

प्रदेश नं ५ का १०९ वटा स्थानीय तहमध्ये ७५ स्थानीय तहको पार्टी एकता टुङ्ग्याएर शपथ पनि गराइसकिएको छ । छ वटा जिल्लाका सबै स्थानीय तहको एकता टुङ्ग्याएर शपथ गराइएको छ भने बाँकी पाँच जिल्लाको एकतालाई तीव्रता दिइएको छ ।

गुल्मीको दुई नगरपालिका र १० गाउँपालिका, पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिका, नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिका, कपिलवस्तुका छ नगरपालिका र चार गाउँपालिका, बर्दियाका छ नगरपालिका र दुई गाउँपालिका तथा रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका १० गाउँपालिकाको स्थानीय तहको एकता पूरा भइसकेको छ ।

प्यूठानका नौमध्ये आठ वटा तहको एकता भइसकेको छ । प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये बाँकी ३४ स्थानीय तहको पनि माघ महीना भित्रै टुङ्गिने जनाइएको छ । तीबाहेक प्यूठानका बाँकी स्थानीय तहसहित दाङ ,रोल्पा, बाँके, अर्घाखाँची र रुकुमपूर्वका स्थानीय तहको छिट्टै टुङ्गिने प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिए ।

प्रदेश न. ५ का ७५ स्थानीय तहको एकता पूरा गरिसकेका छौँ”, उनले भने, “ बाँकी स्थानीय तहको माघभित्रै पूरा गर्छौं ।” प्रदेश नं ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *