काठमाण्डौ,चैत १३ । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गरेकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप दुई सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार पाँच सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको ज्यान गएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा २४ हजार ६ सय ९१ जनाले कोभिड–१९ ९कोरोना भाइरस० विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार