२०८१ असोज ४ गते शुक्रवार

दाङमा रोकिएन खोलाजन्य बस्तुको तस्करी

दाङ, माघ १४ । दाङमा खोला र नदी जन्य पदार्थको अवैध उत्खनन् रोकिन नसकेको पुष्टि भएको छ । बालुवा गिट्टीको अवैद्य उत्खनन् तथा ओसार पसार कायमै रहेको तथ्य प्रहरीले पछिल्लो सयम पक्राउ पछि सार्वजनिक गरेका साधनको तथ्याङले पुष्टि हुने गर्छ ।

करिव तीन महिनाको अवधिमा अवैद्य रुपमा बालुवा गिट्टीको ओसार पसारमा संलग्न १२३ वटा साधन कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत कात्र्तिक २६ गतेदेखि माघ दोस्रो सातासम्म ती साधन पक्राउ परेका हुन । यो अवधिमा ट्रयाक्टर ११५, टिप्पर ३ र जेसिवी ५ वटा पक्राउ गरि आवश्यक कारवाही पछि छोडिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।

यसैबीच प्रहरीले सोमवार मात्रै ३ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ । खोला जन्य पदार्थको अवैद्य उत्खनन् गरिरहेको अवस्थामा रा १ त २३२४, रा १ त १६१७ र रा १ त १९०० नं. का ट्रयाक्टरहरु नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । ती ट्याक्टरहरु तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित पातुखोला र ग्वारखोला बाट नियन्त्रणमा डिएसपी शाहीले बताए । अवैद्य रुपमा हुँदै आएको नदी र खोला जन्य पदार्थको रोकथाम गर्न स्थानीय निकायहरुले पनि सक्रिय भूमिका खेल्न आवश्यक रहेको प्रहरीले बताउने गर्छ ।

प्रकाशित मिति : २०७५ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *