२०८१ चैत्र ६ गते बुधवार

अमृत एकाडेमीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ


दाङ, १२ चैत । ज्ञानज्योती फाउन्डेसनद्वारा संचालीत तुलसीपुर- १९ बिजौरीमा रहेको अमृत एकाडेमीले आज कक्षा १० विद्यार्थीलाई विदाइ गरेको छ ।

अमृत एकाडेमीमा अध्ययनरत कक्षा ९ का विद्यार्थीले १० का विद्यार्थीलाई विदाई गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाधर सिजवाले अमृत एकाडेमीबाट यस बर्ष एसईइ दिने विद्यार्थीको प्रथम बर्ष भएकाले आगामी दिनको उज्वल भविष्यको कामना गरे ।

उनले विद्यालयमा सिकेको ज्ञान, शिक्षा र संस्कारलाई आत्मसात गर्दै आफु र आफुले पढेको विद्यालयको नाम उच्च रहने गरि सधै सत्मार्गमा हिड्न सुझाव दिए ।

त्यस अबसरमा कक्षा १० का विद्यार्थी अम्बिका श्रेष्ठ, सन्तोष रोका, सन्देश मल्ल र कक्षा ९ का रम्बा खत्रीले विद्यालय प्रति सधै सकारात्मक रहने बताएका छन् ।

त्यस्तै विद्यालयका सह-प्रधानाध्यापक नारायण अधिकारी, विद्यालयका शेयर सदस्य नारायण रेग्मी, शिक्षक तथा अभिभावक तारा श्रेष्ठ लगायतले बोलेका थिए ।

कक्षा ९ का छात्र सागर बस्नेतको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक लिलाधर सिजवालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कक्षा ९ का छात्रा कल्पना बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शेयर सदस्य भिम सुवेदी र कक्षा ९ का छात्र जीवन रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *