२०८१ माघ २६ गते शनिवार

पुरुष भलिबलको उपाधी तुलसीपुरको पोल्टामा

लक्ष्मण बस्नेत,
दाङ,माघ १३ । तुलसीपुर मेयरकपको पुरुष भलिवल तर्फको उपाधी आयोजकले जितेको छ ।  तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिता अन्नतरगत आइतवार भएको फाइनल खेलमा राप्ती गाउँपालिकालाई २३–२५,१९–२५,२५–१९,२५–१९ र १५–९ को सेट अर्थात डिसाईडेट गेममा आधारतमा आयोजक तुलसीपुरले जित निकालेको हो ।

उपाधीको लागि भएको भिडन्तमा दुबै टिमले दुई÷दुई सेटको बराबरी खेलेपछि खेल डिसाइडेटमा पुगेको थियो ।
उपाधी संगै आयोजक तुलसीपुरले नगद ७५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाउन बाध्य राप्ती गाउँपालिकाले नगद ५० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिकाले तृतिय स्थान हासिल गर्दै नगद ३० हजार ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरेको छ ।
यसअघि शनिवार महिला तर्फको उपाधी दंगिशरण गाउँपालिकाले चुमेको थियो । त्यस्तै उपबिजेता र तृतीय स्थान क्रमशः शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले भएका थिए ।

माघ १० गतेदेखि सुरु प्रतियोगितामा दाङ जिल्लाका १० मध्य ७ स्थानीय तह सामेल थिए । पुरुष तर्फ ७ र महिला तर्फ ४ टिमका बीचमा प्रतिपर्धा भएको हो ।

पुरुष तर्फको उत्कृष्ट खेलाडी आयोजक टिम तुलसीपुरका ओमप्रकाश मल्ल र महिला तर्फ दंगिशरण गाउँपालिकाकी अञ्जना बुढाथोकी घोषित भए । त्यस्तै उदयमान खेलाडी शान्तिनगर गाउँपालिकाकी मोनिका बिष्ट भइन ।

प्रतियोगिताको समापन समारोह मेयर कप खेलकुद प्रतियोगिता संचालन समितिका सयोजक अमर नेपालीको अध्यक्षता र प्रतिनिधिसभ सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्य एवं तुलसीपुरका मेयर घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यमा भएको हो ।

सामापन समारोहलाई सम्बोधन गर्दै केसीले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको विकाश असम्भव रहेको बताए। उनले मेयर कपको माध्यम बाट उत्पादन भएका खेलाडी पहिचान गरि उनीहरुलाई थप प्रशिक्षणको ब्यबस्थापन उपमहानगरले गर्नुपर्ने बताए ।

मेयर पाण्डेले व्यवसायिक खेलकुद अबको गन्तव्य भएकाले दाङको समृद्धी र पहिचानको रुपमा खेलकुदको विकास गर्नुपर्ने बताए । उनले तुलसीपुरलाई खेलकुदको शहरका रुपमा स्थापित गर्ने प्रतिवद्धता जाहेर गरे ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *