काठमाण्डौ,चैत ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ।
मंगलबार ४८१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ४ हजार ४९५ पीसीआर तथा २ हजार ९९ एन्टिजेन परीक्षण भएको छ।
प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार