२०८१ चैत्र ३ गते आइतवार

मनिकापुर बर्षे सिँचाई कुलोको अधिबेशन सम्पन्न

कपिल लामिछाने,बिजौरी,चैत ६ । मनिकापुर बर्षे सिँचाई कुलो तथा जल उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा पहिलो अधिबेशन सम्पन्न भएको छ ।

आइतवार मनिकापुर पिपल चौतारामा भएको उक्त साधारण सभा तथा पहिलो अधिबेशनले बिसेसन वलिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिमिति गठन गरेको छ ।

लामो समयदेखि बस्न नसकेको साधारण सभाले आज पुर्णता पाएको हो । उक्त साधारण सभामा समितिको आगामी कार्यहरुलाई कसरी अगाडी बढाउने,बाँकी रहेका कामहरुलाई पुर्णता दिन सबैको सर–सहयोगमा अघि बढ्ने लगाएतका बिषयमा बृहत छलफल भएको थियो ।

उक्त साधारण सभामा टेक बहादुर डाँगी, चुर्ण बहादुर वली, पुर्ण बहादुर वली, राकेश बस्नेत, हिरा सिं वली लगाएतले समितिको आगामी काम र कर्तब्यको बारेमा जानकारी दिदैँ नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

मनिकापुर बर्षे सिँचाई तथा जल उपभोक्ता समितिका निबर्तमान अध्यक्ष टोपराम वलीको अध्यक्षता उक्त कार्यक्रम भएको हो ।

संस्थाका निबर्तमान कोषाध्यक्ष दिपक वलीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका बर्तमान सचिव कपिल लामिछानेले गरेका थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *