तुलसीपुर, चैत १ । लुटेको २२ तोला सुनसहित घोराहीका एक युवक पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ८ घर घइ घोराही – १५ रतनपुरमा डेरागरि बस्ने २४ बर्षीय राजेन्द्र सिंह २२ तोला सुन, नगद एक लाख र तलवारसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
फागुन २५ गते काठमडौं – ७ स्थित चाबहिलमा एक जना सुन ब्यबसायी पसल बन्द गरि घर तर्फ जाँदै गर्दा सिंहसहितको समुहले आँखामा खुर्सानीको धूलो हालेर लुटपाट गरेको थियो ।
पक्राउ पछि सिंहलाई आवश्यक कानुनी कारबाहीको लागि घटनास्थल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार