२०८२ असार ७ गते आइतवार

संखुवासभा बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे, ५ जनाको उद्धार

संखुवासभा,फागुन २६ । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५ जनाको उद्धार गरिएको छ ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन । दुर्घटनामा घाइते पाँच जनामध्ये केहीको अवस्था गम्भीर छ ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ ।

बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *