दाङ, माघ १० । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार विकास डाँगीको आमाको निधन प्रति दुःख व्यक्त गरेको छ । विहीवार घोराहीमा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले पत्रकार डाँगीकी आमाको निधन प्रति दुःख व्यक्त गर्दै किरिया खर्च बाफत १० हजार रुपंैया सहयोग गर्ने निर्णय गरेको हो । डाँगीको विहीवार उपचारका क्रममा छिमेकी देश भारतमा निधन भएको थियो ।
त्यस्तै महासंघ दाङ शाखाले कार्यसमिति सदस्य प्रेम घर्ती र साधारण सदस्य अमर भण्डारीलाई आर्थिक सयहोग गर्ने निर्णय गरेको छ । सवारी दुर्घटनामा घाइते भएका पत्रकार द्धय घर्ती र भण्डारीलाई जनही ५-५ हजार रुपैंया सहयोग गर्ने निर्णय भएको संघका अध्यक्ष प्रियासनले जानकारी दिएका हुन । त्यस्तै लामो समय पत्रकारिता क्षेत्रको विकासका लागि क्रियाशिल रहेर नेपाल पत्रकार महासंघ दाङ शाखाका सस्थापक सदस्य समेत रहेका टिकाराम रेग्मीले दिएको भएको राजिनामा स्वीकृत गर्दै बैठकले विशेष सम्मानका साथ विदाई गर्ने निर्णय समेत गरेको अध्यक्ष प्रियासनले बताएका छन् ।
बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघको सस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासंघको भवनको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरेको छ ।