२०८१ माघ २६ गते शनिवार

प्राकृतिमाथिको चर्को दोहन विरुद्ध राजमोले विरोधसभा गर्ने

दाङ, माघ १० ।
राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका विभिन्न ठाउँहरुमा बिरोधसभा गर्ने भएको छ । संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौ,महङगी , हिंसा र बलात्कारको अन्त्य गरौ, भन्ने मुल नाराका साथ जिल्लाका विभिन्न क्षेत्रमा विरोधसभा गर्न लागेको जानकारी दिएको छ ।

प्राकृतिक श्रोत साधनहरुको अनियन्त्रित दोहन बढेको भन्दै त्यसको बिरोधमा घोराहीमा माघ १५ गते, तुलसीपुरमा १६ गते, लमहीमा १७ गते, राप्नी गाउँपालिकामा १८ गते, गढबामा २० गते र राजपुरमा २२ गते विरोधसभा गर्ने निर्णय भएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

प्राकृतिक स्रोत साधन माथि भइरहेको चर्कौ दोहनको बारेमा जिल्ला प्रसासन, जिल्ला समन्वय समिति र सम्बन्धि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय पनि गरेको छ ।

जिल्ला अध्यक्ष आचार्यको अध्यक्षता र केन्द्रिय कार्यकारी अध्यक्ष रष्मिराज नेपालीको प्रमुख आथित्यतामा बसेको बैठकले भालुबाङमा माघ १९ गते बिरोधसभा गर्ने निर्णय गरेको छ ।

शाही घोषणा भएको हुँदा उक्त दिनलाई कालो दिनका रुपमा बिरोधसभा गर्ने अध्यक्ष आर्चाले बताए । विहीवार बसेको जिल्ला समितिको बैठकले १९ गतेलाई कालोदिनको रुपमा स्मरण गर्दै विरोधसभा गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *