२०८३ असोज २९ गते बिहिवार

भण्डारीको बिदाई,लामिछानेलाई स्वागत

घोराही, फागुन २२ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी सस्थापक उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीलाई बिदाई गरिएको छ।

आइतबार प्रतिष्ठानका नब नियुक्त उपकुलपति डा . बिकास लामिछाने, शिक्षाध्यक्ष डा. बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एञ्जिलीका कार्कीले टिका लगाइ भण्डारीलाई बिदाई गरेका हुन ।

त्यसक्रममा प्रतिष्ठानका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी,नर्स लगाएको उपस्थिति थियो । सो अवसरमा भण्डारीले प्रतिष्ठानलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन ।

त्यस्तै उनले उपकुलपति लामीछानेलाई सहयोग गरेर प्रतिष्ठानलाई अघि बढाउन आग्रहपनि गरिन ।

नेतृत्वमा आउने–जाने प्रकृया चलिरहने भन्दै प्रतिष्ठानको विकाशका लागि बलियो जग निर्माण गर्न तर्फ लाग्ने उपकुलपति लामिछानेले बताए ।

त्यस्तै शिक्षाध्यक्ष लामिछानेले सुरुवाति चरणमा प्रतिष्ठानको जग बसाल्न र अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन खरोरुपमा उत्रने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रमको सहजीकरण अस्पताल निर्देशक प्रज्ञा बस्नेतले गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *