
दाङ, फागुन २२ । बलात्कार अभियोगमा पक्राउ परेका खेपेका दंगाली नायक पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।
नाबालिग गायिकामाथि बलात्कारको अभियोग खेपेका नायक शाहलाई आइतबार जिल्ला अदालत तनहुँले थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो ।
यो भन्दा पहिले शाहलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले शाहमाथिको अभियोगबारे अनुसन्धान जारी रहेको बताए ।
एक जना १७ बर्षीया गायिकाले आँफुमाथि शाहले पटक÷पटक बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी छिन् ।
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार