२०८२ असार २५ गते बिहिवार

घोराहीमा २ लाख २१ हजार रकम सहित ११ जुवाडे पक्राउ

तुलसीपुर, फागुन २२ । दाङको घोराहीमा दुई लाख २१ हजार तीन सय बढी रकम ११ जुवाडे पक्राउ परेका छन् । होटेल सञ्चालकसहित दश जुवाडे पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका – ६ का ३० बर्षीय युवराज केसी, घोराही उपमहानगरपालिका – ५ का ३० बर्षीय कृष्णबहादुर रावल, घोराही –१३ का ३९ बर्षीय मानबहादुर खड्का, घोराही – १६ का ३५ बर्षीय रमेशबहादुर कवर, घोराही – १३ का ४५ बर्षीय खेमराज गिरी, घोराही– ४ का ४५ बर्षीय काशिराम भट्टराई र घोराही – १५ का ५५ बर्षीय भुपबहादुर केसी रहेका छन् ।

त्यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिका –७ का ३४ बर्षीय सरोज पुन, रुन्टीगढी –९ का ३६ बर्षीय घनश्याम वली, प्यूठानको प्यूठान नगरपालिका – ५ का २८ बर्षीय जिवन नेपाली र अर्घाखाँचीको सन्धिखर्च नगरपालिका वडा नं. ८ का होटेल सञ्चालक ५२ बर्षीय गोपालबहादुर कुँवर रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले उनीहरुलाई शनिबार दिउँसो ४ बजेतिर घोराही– १५को स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटेल एण्ड लजबाट प्रहरीले पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुका बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाइ कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *